सविता सिंह ठकुरी : मलेरिया एक संक्रमित रोग हो । जुन एनोफिलेज नामको लामखुट्टेले टोकेपछि लाग्ने गर्दछ । यो लामखुट्टेको पुच्छरमा प्लाज्मोडियम परजीविबाट सर्ने गर्दछ । यो लामखुट्टेले रातको समयमा टोक्ने गर्दछ । जसले हाम्रो शरीरको लिवर र ब्लड सेललाई आक्रमण गर्छ । यो लामखुट्टे पानी पर्ने समयमा बढि लाग्ने गर्दछ । पानी जम्मा भएको ठाउँमा, नालीहरुमा र खाडलहरुमा जम्मा भएको फोहोर पानीबाट उत्पन्न हुने गर्दछन् ।
यो रोग मानव जीवनलाई समस्या बढाउने रोग हो । हरेक वर्ष हजारौं मानिसहरु यो रोगबाट पीडित भएका छन् भने कैयौंको मृत्युसमेत भएको छ । यस्तो रोगबाट बच्न हामीले हाम्रो वरपर रहेका खाडलहरु पुरिदिनुपर्छ । जसमा पानी जम्मा हुन पाउदैन । घर वरपर सफा राख्ने र पानी भरिएको भाडाहरु राम्रोसँग छोप्नुपर्दछ । राती सुत्नेबेलामा झुल लगाएर सुत्नु पर्दछ र यसका विभिन्न लक्षणहरु देखिनासाथ स्वास्थ्य परीक्षण गर्नुपर्दछ ।
मलेरिया रोगका लक्षणहरु
१. अचानक शरीर काप्नु
२. तीनदेखि चार घण्टासम्म लगातार ज्वरो आउने र पसिना आएपछि ज्वरो सन्चो हुनु
३. शरीरमा जाडो हुने
४. टाउको दुख्नु
५. वान्ता हुनु
६. हातखुट्टाको हाडजोर्नी दुख्नु
७. कमजोरी र थकान महशुस हुनु
८. शरीरमा रगतको मात्रा कम हुनु
९. श्वास फेर्न असजिलो हुनु
१०. आँखाको भाग पहेँलो हुनु
मलेरिया कसरी जाँच्ने ?
१. मलेरिया एन्टिजेन टेस्ट : यो टेस्ट रेपिड किटबाट गरिन्छ । यो टेस्टले ब्लडमा रहेको प्लाज्मोडियम प्यारासाइट एंटीजन पत्ता लगाइन्छ ।
२. ब्लड स्मियर (मलेरिया प्यारासाइट) : यो टेस्टको माध्यमबाट ब्लडको स्लाइडमा स्मियर बनाएर फेरि त्यसलाई माइक्रोस्कोपमा देखाइन्छ । रातो ब्लड सेलमा पाइने प्लाज्मोडियम प्यारासाइट पत्ता लगाइन्छ ।
३. मलेरिया आरटी–पिसिआर टेस्ट
FILE PHOTO/RN