Logo

बाढि/पहिरो पीडितलाई तत्काल राहत दिन ढिलाई भएकोमा लोसपाद्वारा दुःख व्यक्त



काठमाडौं, ४ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केही दिन अगाडिको अविरल वर्षाले पूर्व नेपालको पहाडी क्षेत्रमा भएको धन–जनको व्यापक क्षतिप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् ।

तत्काल राहत हुनुपर्ने केही ठाउँमा ढिलाई भएकोप्रति पनि उनले दुःख व्यक्त गरेका छन् । उनले मृत्तकप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति रकमको व्यवस्था गर्न तथा बेपत्ताको अविलम्ब खोजी कार्य तत्परताका साथ जारी राख्न सरकारसँग आग्रह गरेका छन् ।

उनले उक्त घट्नालाई ध्यानमा राखी भविष्यमा हुनसक्ने कुनै प्राकृतिक प्रकोपप्रति तीनै तहका सरकारबीच समन्वय गरिगराई तत्कालिन र दीर्घकालिन राहतको लागि पूर्ण तयारी र सजगताका साथ उपस्थित् रहन सरकारसँग माग गरेका छन् ।

यस्तो छ ठाकुरीले जारी गरेको विज्ञप्ती-



प्रतिक्रिया दिनुहोस्