सविता सिंह ठकुरी : समयमै निद्रा नलाग्ने धेरै मानिसहरुको समस्या हो । जुन मानिसहरुले कैयौं प्रयास गर्दापनि नलाग्न सक्छ । जो समयमै निदाउन सक्छन, उनीहरुको मानसिक र शारीरिक स्वास्थ्य राम्रो हुने चिकित्सकको भनाई छ । बेलैमा मस्त निदाउन सक्ने व्यक्तिको अनुहार पनि सुन्दर देखिन्छ । चाहँदाचाहदै पनि कतिपय अवस्थामा निद्रा नै लाग्दैन । कतिपय मानिसलाई ओछ्यानमा पल्टेको धेरैबेर भईसक्दापनि निदाउन नसक्ने समस्या नै छ भने यी उपायहरु अपनाउनुहोस्, जसले तपाईलाई सजिलै निद्रा लाग्ने गर्छ । र, शरीरलाई आराम पनि मिल्ने गर्दछ ।
१. हरेक दिन सुर्यको प्रकाशमा बस्नाले साँझमा थकित बनाउछ र मिठो निद्रा लाग्ने गर्छ ।
२. व्यायाम गर्ने बानीले समयमै निद्रा लाग्छ र छिटो निदाउन सकिन्छ ।
३. बेलुकाको समयमा चिया वा कफि सेवन नगर्ने ।
४. खाना खाने वित्तिकै सुत्नु स्वास्थ्यको लागि राम्रो मानिदैन । त्यसकारण खाना खाएको दुई तीन घण्टापछि मात्रै सुत्नुपर्दछ ।
५. राती छिटो सुत्ने गर्नुस् ।
६. सुत्नुभन्दा अगाडि किताव पढ्नाले छिटो निद्रा लाग्ने गर्छ ।
७. ओछ्यानलाई सफा र न्यानो बनाउनाले मिठो निद्रा लाग्ने गर्दछ ।
८. कोठाको सरसफाइ गर्ने र सबै सामानहरु मिलाएर राख्ने ।
९. सुत्ने बेलामा नकारात्मक कुराहरु सोच्नुहुँदैन । आँखा बन्द गर्नेबेलामा राम्रा विचारहरु सोच्ने गर्नुस ।
१०. सुत्नेबेलामा मोवाइल, टिभीजस्ता हेर्ने काम नगर्नुहोस् ।
११. सुत्नेबेलामा भुतको कुरा गर्ने वा कथा सुन्ने काम नगर्नुस् । यस्तो कुराहरुले निद्रामा बाधा पार्छ र छिटो निद्रा लाग्दैन ।
Photo Source: PharmEasy