Logo

एमाले नेतृ साहको दाबीः ‘हामीले केही गर्न पर्दैन, सरकार आफैं ढल्ने अवस्थामा पुगिसक्यो’ (भिडियोसहित)



काठमाडौं, १२ असार । नेकपा (एमाले) की नेतृ एवं पूर्वमन्त्री ज्वालाकुमारी साहले आफूहरु सरकार ढाल्ने खेलमा नरहेको बताईन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिलेको सरकारको काम कारबाहीप्रति जनता र अहिले सरकारमा रहेका दलहरुले नै असन्तुष्टि व्यक्त गरिरहेकाले यो सरकार आफैं ढल्ने अवस्थामा पुगेको बताईन् ।

‘एमाले सरकार ढाल्ने खेलमा कहिले पनि लाग्दैन । सरकारको काम कारबाहीमा आम जनताले र सत्ता पक्षले आफैं असन्तुष्टि जनाइरहनु भएको छ । बजेट विनियोजन, नीति कार्यक्रम, हरेक चिज जनता विरोधी छ । जनताको हक हितमा नभएको कारणले सरकार हामीले ढाल्न पर्दैन, आफैं ढल्ने अवस्थामा पुगेको छ,’– उनले भनिन् ।

सरकार ढाल्ने, सरकारमा जाने एमाले पार्टीको नियत नभएको उनको दाबी छ । प्रचण्डले बालकोटको शरणमा पुगेर ‘लौन मलाई प्रधानमन्त्री चाहियो’ भनेपछि केपी ओलीले प्रधानमन्त्री बनाईदिएको उनको दाबी छ ।

 



प्रतिक्रिया दिनुहोस्