Logo

दम रोगको प्रमुख कारण धुम्रपान हो, श्वाँस फेर्न कठिन भए चिकित्सककहाँ जानुपर्छ : डा. यादव (भिडिओसहित)



काठमाठौं, १२ असार । बरिष्ठ चिकित्सक डा. मनोजकुमार यादवले स्वस्थ जीवन जिउने टिप्सहरु सेयर गरेका छन् । डा. यादवले स्वस्थ जीवनको लागि स्वास्थ्य अनुशासन आवश्यक रहेको औंल्याए । उनले दम रोगको प्रमुख कारण नै धुम्रपान भएको पनि बताए ।

रिपोटर्स नेपाल डटकमको प्रस्तुति ‘स्वास्थ्य–संवाद’ कार्यक्रममा पत्रकार प्रस्तोता सविता सिंह ठकुरीसँगको कुराकानीमा डा. यादवले स्वस्थ जीवनको लागिे स्वस्थ परिवेश, समाज र सोच हुनुपर्नेमा जोड दिए । कुराकानीको सुरुवातमा उनले भने–‘हामीले ममात्रै बाँचेर भएन यो समाजमा छु, अरु पनि बाँच्नुप¥यो अनि मात्रै म बाँच्छु । मैले आफ्नो घर अगाडी फोहोरको डुङ्ग्रो जलाए त्यो धुवाँले प्रदुषण ग¥यो । अर्काको घरमा गरेको होइन मैलै आफ्नै घरमा गरेको हो भन्ने त्यो सोचको कुरा भयो । त्यसले पनि कहीँ न कहीँ हावा प्रदुषण भयो । धुलो, धुँवाको अन्य कारक तत्वहरु गुईठा वा दाउराबाट निस्केको धुवाले प्रदुषण गर्नेभयो । त्यसैले यस्तो कुराहरुमा एकले अर्कोलाई सहयोग ग¥यौं भने यस्ता विधि रोकथामहरु हुने भए । जति उपायहरु छन् यो रिस्क फ्याक्टरका यो मिलाउन सकियो ।’

डा. यादवले दम रोगको प्रमुख कारण नै धुम्रपान भएको उल्लेख गरे । उनले भने,‘त्यसलाई छोड्नुप¥यो । योबाहेक खाना पकाउने विधि खासगरी भान्साको झ्याल व्यवस्थित गर्नुपर्छ । भान्साकोठामा झ्याल राख्दा हावाको गति आवतजावत गर्ने खालको दुईवटा एक अर्काको ठ्याक्कै आमनेसामने हुनेगरी दुईवटा झ्याल बनाउनुपर्छ र कोठा हावादार हुनुप¥यो । एउटा मान्छे धुँवाको अगाडि धुँवामा बस्यो भने त्यसलाई कसरी मिलाउन सकिन्छ घरवरिवारले थोरै मिलाइदियौं भने त्यहाँपनि अलि सहज हुने भयो । झ्याल व्यवस्थित गरायौं भने हावाको ओहोरदोहोर हुँदा त्यहाँ धुँवा धेरैबेर बस्न पाएन भने हामीले धेरै धँुवा तानेनौ भने हाम्रो फोक्सो विग्रन पाएन ।’

यो रिस्क फ्याक्टरबाट बच्ने र अलिकति श्वाँस फेर्न गाह्रो हुनेवित्तिकै खोकी धेरै लामो समयसम्म लागिरह्यो भने, हिँड्नेबेलामा गाह्रो हुने, दम खुल्न थाल्ने, रोकिनुपर्ने यस्ता केही भयो भने चिकित्सककोमा जानुपर्ने उनको सुझाव थियो । उनले भने,‘अर्को बच्चाहरुमा, जवानमा इन्फेक्सन हुँदा त्यतीबेला पनि हामीले सही उपचार सही समयमा गर्न सक्यौं भने त्यसलेपनि पछि गएर विगार गरिराख्दैन अथवा त्यसको मात्रा बिग्रिँदैन ।’

 



प्रतिक्रिया दिनुहोस्