Logo

बजेटबारे निर्णय लिन जसपाको संसदीय दलको बैठक जारी



काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक जारी छ । बजेटको पक्षमा मतदान गर्ने वा के गर्ने भन्नेबारे निर्णय लिन जसपाको संसदीय दलको बैठक जारी रहेको छ । जसपा सरकारमै छ । यसअघि बजेटमा जसपाका नेता तथा सांसदहरुले आलोचना गर्दै आएका थिए ।

सरकारमै रहेको नेकपा (एकीकृत समाजवादी) पार्टीले पनि यथास्थितिमा बजेट पारित गर्न नदिने अडान लिएको थियो । तर, आजै बसेको उक्त दलको संसदीय दलको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

नेकपा (एस) ले बजेटको पक्षमा मत हाल्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । जसपाका एक सांसदले आफ्नो दलले बजेटको पक्षमा नै मतदान गर्ने निर्णय हुन लागेको जानकारी दिए । File Photo



प्रतिक्रिया दिनुहोस्