Logo

‘शिक्षा कि कानुन’ भन्ने विषयमा विद्यालय स्थरीय वादविवाद प्रतियोगिता हुँदै



काठमाडौं, असार २० । नेशनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा बूनपा नगर समितिको संयोजनमा अन्तर विद्यालय स्थरीय वादविवाद प्रतियोगिता आयोजना हुँदैछ ।

भ्रष्ट्राचार नियन्त्रणका लागि शिक्षा कि कानुन भन्ने विषयमा अहिले विहान ९ बजेदेखि जोसेफ पब्लिक स्कुल कपनमा हुने वादविवाद कार्यक्रममा सुरु हुन लागेको हो । वादविवाद प्रतियोगितमा सहभागी प्रतियोगीलाई शिक्षा वा कानुन भन्ने विषय गोलाप्रथा मार्फत प्रदान गरिने छ ।

वादविवाद प्रतियोगितामा एउटा विद्यालयबाट एक जना मात्रै विद्यार्थी सहभागी हुन पाउँनेछ भने प्रतियोगितमा कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थी मात्रै सहभागी हुन पाउनेछन् । प्रतियोगीलाई आफ्नो तर्क राख्न पाँच मिनेटको समय दिइनेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच हजार रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र, द्वितिय हुनेलाई ३५ सय रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र, तृतीय हुनेलाई २५ सय रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र, चौथो हुनेलाई १५ सय रुपैयाँसहित ट्रफि, मेडल तथा प्रमाणपत्र र पाँचौ हुनेलाई एक हजार नगदसहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

वादविवाद कार्यक्रमबारे मंगलबार जोसेफ हाई स्कुलको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा प्रतियोगितामा काठमाडौं जिल्लाका करिब ५५ वटा बिध्यालय सहभागी हुने जानकारी गराईएको थियो ।



प्रतिक्रिया दिनुहोस्