काठमाडौं, असार २१ । माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गर्ने तयारी तीव्र बनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बेलुकीसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो । अहिले बोर्डको बैठक पनि बोलाइएको छ ।
नतिजा प्रकाशनका लागि १९ संस्थाले परीक्षा नियन्त्रण कार्यालयकाट अनुमति पाएका छन । जसमध्ये १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।