Logo

आज बस्ने राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने



काठमाण्डौं, असार २२ । राष्ट्रियसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो १२ः२९ बजे बस्ने बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

जसअनुसार आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेट माथि छलफल हुनेछ ।

सो अघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘बिद्युतीय व्यापार विधेयक २०८० सभा समक्ष पेस गर्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्