Logo

आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौ, असार २३ । नेपाल राष्ट्र बैंकले असार २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार शनिबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्री दर १३२ रुपैयाँ ६९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ७३ पैसा र बिक्री दर १४४ रुपैयाँ ३९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३३ पैसा र बिक्री दर १६९ रुपैयाँ ०९ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २५ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्