Logo

वनमन्त्री डा. महतोको हातबाट काव्या म्युजिक अवार्डका विभिन्न पुरस्कार वितरण



काठमाडौं, २४ असार । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोको प्रमुख आतिथ्यतामा दोस्रो काब्या म्युजिक अवार्ड–२०८० का विभिन्न विद्याका पुरस्कार वितरण गरिएको छ । चलचित्र विकास बोर्डमा हिजो (शनिबार) आयोजित एक समारोहबीच मन्त्री महतोले विविन्न स्रष्टाहरुलाई अवार्ड प्रदान गरेका हुन् ।

सो अवसरमा मन्त्री महतोले नेपाली गीत, संगितको संरक्षण र प्रर्वद्धनको लागि सरकारले विशेष पहल गरिरहेको विश्वास दिलाएका थिए । कलाकार देशको गहना भएको भन्दै उनीहरुको सुन्दर भविष्यको लागि सरकारले आवश्यक कदम चाल्ने उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्