काठमाडौं, असार २९ । कोभिड महामारी मत्थर भएसँगै मुलुकका तारे होटलहरू बिस्तारै खुल्न थालेका छन्। पछिल्लो दुई वर्षमा तीन वटा पाँच तारे होटल थपिएका छन्। मुलुकमा विदेशी पर्यटकको आगमन र गतिविधि बढेसँगै दुई वर्षमा तीन वटा पाँच तारे होटल निमार्ण भएका हुन्।
पर्यटन विभागको तथ्याङ्क अनुसार हालसम्म १ सय ४८ वटा होटल सञ्चालनमा रहेका छन्। कुल १ सय ४८ वटा होटलमध्ये १८ वटा होटल पाँच तारे रहेका छन्। गत चैत महिनामा इच्छा होटलले पाँच तारे होटलको अनुमति पाएसँगै मुलुकमा पाँच तारे होटलको संख्या १८ पुगेको हो। नागरिक दैनिकबाट