बैंकक, २९ असार । थाइल्याण्डको संसदले अर्को हप्ता नयाँ प्रधानमन्त्रीको लागि पुनः मतदान गर्ने पुष्टि शुक्रबार गरेको छ । पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको र यसबाट नौ वर्षको सेना समर्थित शासनपछि प्रगतिशील सुधारका लागि आतुर थाई युवाहरू उत्साहित भएका थिए ।
हार्वर्ड विश्वविद्यालयमा अध्ययन गरेका पिताको अर्को सरकारको नेतृत्व गर्ने सुधारवादी अभियानलाई बिहीबार विधायिकाका सेनाद्वारा नियुक्त सिनेटरहरूले विफल पारेका थिए । यसले राज्यको कडा शाही मानहानी कानूनमा सुधार गर्ने उनको प्रतिज्ञालाई खतराको सङ्केत देखाएको छ ।
राज्यको सर्वोच्च निर्वाचन निकायले संवैधानिक अदालतले पितालाई सांसद पदबाट निलम्बन गर्न सिफारिस गरेको एक दिनपछि नै मतदान भएको हो ।
थाइल्याण्डको संसदले जुलाई १९ मा नयाँ प्रधानमन्त्री चयनका लागि दोस्रो मतदान गर्ने भएको उपसभामुख पिचेत चुआमुआङफानले एएफपीसँग बताए ।
मतदान कहिले हुने भन्ने प्रसङ्गमा पिचेटले स्थानीय सञ्चारमाध्यममा आएको समाचारलाई पुष्टि गर्दै भने, “नयाँ प्रधानमन्त्रीका लागि मतदान छिट्टै हुनेछ किनकीे कार्यतालिका उस्तै छ । कुनै फेरबदल भएको छैन ।”
एमएफपीको गठबन्धन साझेदार फेउ थाईका सांसद समेत रहेका पिचेट चाउमुआङफाङले पितालाई पुनः मनोनीत गर्ने वा अर्को निर्वाचनमा थप उम्मेदवारको सामना गर्ने भन्ने स्पष्ट नभएको बताए ।
उनले भने, “हामीले अहिले पनि पहिले यसबारे कुरा गर्नुपर्छ । “अहिलेका लागि, यसले जनताबाट राय र प्रतिक्रिया सङ्कलन गरिरहेको छ ।”
पिताले आफू आगामी सरकारको नेतृत् का लागि उम्मेदवार रहेको र समग्रमा ३२४ मत मात्र प्राप्त गरे पनि हार नमान्ने बताउँदै आएका छन् ।
केवल १३ सिनेटरहरूले सुधारवादी उम्मेदवारको पक्षमा मतदान गर र धेरैले देशको कडा शाही मानहानी कानूनमा सुधार गर्ने एमएफपीको प्लेटफर्मको विरोध गरे ।
– ‘शक्तिको दुरुपयोग’ –
सन् २०१४ मा भएको ‘कू’ बाट सत्तामा आउनुभएका प्रयुत चान–ओ–चाको नेतृत्वमा सेनासमर्थित करिब एक दशक लामो शासनलाई मतदाताले ठाडै अस्वीकार गरेका थिए ।
तर तल्लो सदनका कन्जरभेटिभ सांसदहरू र जुन्टाद्वारा नियुक्त सिनेटरहरूले उनलाई आफ्नो समर्थन नदिने सङ्केतका साथ परिणाम झन्–झन् अत्याज्य भएको थियो ।
एमएफपीको सुधारवादी एजेन्डाप्रति देशको शक्तिशाली अनुदारवादी संस्थापन पक्षबाट आपत्ति आएको छ । व्यापारिक एकाधिकारलाई चलाउने पार्टीको योजना पनि पुरानै नेतृत्वसँग अलोकप्रिय छ ।
निर्वाचन आयोगले बुधबार पितालाई चुनाव प्रचारसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा संसदबाट निलम्बित गर्न सिफारिस गरेको थियो ।
थाइल्याण्डको कानुनअनुसार प्रतिबन्धित एक मिडिया कम्पनीमा पिताको शेयर स्वामित्वबारे छानबिन भएपछि यो सिफारिस गरिएको हो ।
सन् २००७ देखि उक्त स्टेसनले प्रसारण गरेको छैन र पिताले उक्त शेयर आफ्नो पिताबाट विरासतका रूपमा पाएको बताएका छन्।
पिताको एमएफपी एक मात्र पार्टी थियो जसले शाही मानहानी कानूनको काँटेदार मुद्दाको सामना गर्न अभियान चलायो र त्यसले पनि प्रधानमन्त्री चयनलाई समस्यामा पारेको छ ।
संवैधानिक अदालतले उक्त प्रतिज्ञा संवैधानिक राजतन्त्रलाई ‘अपदस्थ’ गर्ने प्रयास गरेको आरोप लगाउँदै दायर गरिएको मुद्दालाई स्वीकार गरेको छ । पार्टीलाई आफ्नो प्रतिरक्षा प्रस्तुत गर्न दुई हप्ताको समय दिइएको छ । रासस