काठमाडौं, ३० असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि दलको नेताबाट सभापति शेरबहादुर देउवालाई हटाउने कुरा उठाएका छन् । उनले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका छन् ।
आज (शनिबार) विराटनगर पुगेका थापाले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताउका हुन् । उनले भने,‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु।’
उनले अब बस्ने पार्टीको केन्दीइ कार्यसमितिको बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारे । थापाले भने,‘नीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्छ ।’ File Photo/ReportersNepal