Logo

देउवाले भने–सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार छ



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस सबैलाई साथ र संगै लिएर हिँड्न तयार रहेको बताएका छ्न । उनले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाति, सबैको पार्टी भएको बताउँदै अब सबै सँगै हिँड्नुपर्ने आवश्यकत्ता औंल्याए । आज (शनिबार) काठमाडौँमा आयोजित कांग्रेसनिकट तमु संघको बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाल आदिवासी, जनजाति, दलित, थारु, मुस्लिम सबैको देश भएको सुनाए । उनले सबै आदिवासी जनजातिहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिबद्ध हुन जरुरी रहेको पनि औंल्याए । देउवाले भने,‘नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ । साथसाथै सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ । पार्टीमा सबै जनताको सहभागिता आवश्यक छ।’

तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्