Logo

एक वर्ष क्रियाशिल सदस्यता विस्तार अभियान चलाउने महामन्त्री थापाको प्रस्ताव, ७ लाख नयाँ सदस्य बनाउने योजना



काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । बैठक सुरु हुनेबित्तिकै महामन्त्री गगन थापाले आगामी एक वर्ष क्रियाशील सदस्यता विस्तार अभियान चलाउने घोषणा गरेका छन् । उनले सो अवधिमा कम्तिमा ७ लाख नयाँ सदस्य बनाउने कार्ययोजना पनि सुनाए ।

महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने योजना प्रस्ताव गरेका छन् । अहिले सभापति शेरबहादुर देउवाले संसदीय दलका मुख्य सचेतक रमेश लेखकलाई बोल्न दिएका छन् । बैठक भने प्रत्यक्ष प्रसारण भैरहेको छ ।

https://www.facebook.com/nepalicongresshq/videos/1243214783036663

 



प्रतिक्रिया दिनुहोस्