Logo

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु



काठमाडौं, साउन ३  । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा समसामयीक विषयमा छलफल भइरहेको बताइएको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि पहिलो पटक मन्त्रीपरिषद्को बैठक बसेको हो । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता बैठक बस्न सकेको थिएन ।

पत्नी शोकमा एक साता औपचारिक कार्यक्रममा सक्रिय नभएका प्रधानमन्त्री प्रचण्ड आजबाट विभिन्न सार्वजनिक कार्यक्रममा सक्रिय हुने भएका छन् । बैठक सकेर प्रधानमन्त्री प्रचण्ड गोरखा जाने कार्यक्रम रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्