Logo

सुन तस्करी प्रकरण : राजश्व अनुसन्धानले सहयोग मागेपछि प्रहरीले खटायो एसपी कृष्ण पंगेनी



काठमाडौं, ८ साउन । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो मात्रामा सुन तस्करी भएको घट्नामा राजश्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको छ ।

विभागले नेपाल प्रहरीसँग पनि यो प्रकरणमा अनुसन्धानमा सघाउनको लागि सहयोग मागेको छ । प्रहरी हेडक्वार्टरले भने एसपी कृष्ण पंगेनीलाई खटाएको छ । एसपी पंगेनी हाल मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन्।

विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो। यो प्रकरणमा १९ जना पक्राउ परिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्