काठमाडौं, ९ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीसँग पार्टी एकताको लागि पखाईमा छन् । चुनावअघि नै दुई दलबीच एकता हुने भनिएको थियो । तर, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सरकारको नेतृत्वमा भएकोले व्यस्तता कारण एकता प्रक्रिया लम्बिएको छ । नेसपाका अधिकांश नेताहरु पार्टी एकता छिटो होस भन्ने पक्षमा छन् ।
तर, समाजवादी केन्द्र गठन गर्दा आफूहरुलाई बाइपास गरिएको भन्दै बाबुराम अहिले प्रचण्डसँग रुष्ट बनेका छन् । उनी आफ्नै पार्टीको संगठन बलियो बनाउन लागिपरेका छन्। उनले अहिले पार्टी सुदृढीकरण अभियान थालेका छन् । यो अभियान ६ महिना चल्नेछ । यसको संयोजक बाबुराम आँफै छन् । माओवादी र नेसपाबीच पार्टी एकताको लागि गठित वार्ता टोलीले एक–अर्काको राजनीतिक डकुमेन्ट आदानप्रदान गरिसकेको छ ।
नेसपाका अध्यक्ष महिन्द्र राय यादवले पनि आफूहरु पार्टी एकताको लागि आँतुर रहेको प्रतिक्रिया दिइरहेका छन् । उनले एकतापछिको पार्टी नाम नेकपा (समाजवादी) प्रस्ताव गरिएको पनि खुलासा गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको बैठक साउन दोस्रो साताबाट सुरु हुँदैछ । त्यही बैठकले बाबुराम नेतृत्वको नेसपा र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग एकताको लागि ठोस निर्णय लिने भनिएको छ। अहिले प्रचण्डले बाबुरासँग भन्दापनि विप्लवसँग एकताको लागि बढि समय खर्चिएका छन् । FILE PHOTO/ReportersNepal