Logo

भारत भ्रमणमा रहेका माओवादी नेताहरु आज गंगा आरतीमा सहभागी हुँदै



काठमाडौं, १० साउन । भाजपाको निमन्त्रणमा भारत भ्रमणमा रहेका सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेताहरुले आज ऋषिकेशमा गंगा आरती गर्ने भएका छन् । माओवादी नेताहरु अहिले केहीबेरमा देहरादुन पुग्ने कार्यतालिका छ । उनीहरु आज साँझ ऋषिकेशमा गंगा आरतीमा सहभागी हुने भएका छन् । र, आरती सकिएलगत्तै भाजपाका नेताहरुसँग डिनर–मिटिङमा सहभागी हुनेछन् ।

भ्रमण सकेर उनीहरु साउन १२ गते स्वदेश फर्किदैछन् । भारतीय जनता पार्टीको निमन्त्रणामा माओवादीका उपाध्यक्ष पम्पा भुसालको नेतृत्वमा पाँच सदस्यीय टोली साउन ७ गते दिल्ली पुगेको छ । यसअघि भारत भ्रमणमा जाँदा प्रधानमन्त्री पुष्पकमल दाहालले उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्न पुगेका थिए ।

सो क्रममा उनले गेरु वस्त्र लगाउनुको साथै १०८ किलोको रुद्राक्षको माला र ५१ हजार रुपैयाँ भेटी चढाएका थिए । भाजपाले माओवादी नेताहरुलाई समेत धार्मिक अवतारमा उतारेको भनेर नेपालमा चर्चा तथा परिचर्चा भएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्