Logo

अष्ट्रेलियन सरकारद्वारा नेपाली समूदायको लागि एक लाख डलरको अनुदान स्विकृत



काठमाडौं, १० साउन । अष्ट्रेलिया सरकारले नेपाली समूदायको लागि एक लाख डलरको अनुदान स्विकृत गरेको छ । गैरआवासी नेपाली संघ, अष्ट्रेलियाको तर्फबाट उक्त अनुदानको लागि निवेदन दिईएको थियो । जसमा अष्ट्रेलियन सरकारको तर्फबाट ‘कम्युनिटी ग्रान्ट्स हब’ ले एक लाख डलरको उक्त अनुदान स्विकृत गरेको हो ।

गैरआवासीय नेपाली संघ, अष्ट्रेलियाका उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्षका उम्मेद्वार देवबहादुर गुरुङले उक्त समाचार साझा गरेका छन् । उनकाअनुसार उक्त अनुदान नेपाली सामुदायिक ठाउँको स्कोपिङका साथै सामुदायिक केन्द्र सञ्चालनमा आएपछि अडियो–भिजुअल उपकरण, फर्निचर खरिद र स्थापना र सामुदायिक पुस्तकालय स्थापना गर्न सहयोग उपलब्ध गराउन प्रयोग गरिनेछ।

उनले नागरिकता तथा बहु–सांस्कृतिक मामिलामन्त्री एन्ड्रयु गिल्सप्रति आभार व्यक्त गरेका छन् । उनले यो सफलताको पछाडि समूदायका अग्रणी संघ तथा संस्थाका प्रतिनिधिहरुको साथ र सहयोग रहेको भन्दै सबैप्रति आभार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्