Logo

०८४ सालको निर्वाचनसम्म नागरिक उन्मुक्ति पार्टी विघटन भैसक्ने सुरेन्द्र चौधरीको खुलासा (भिडिओसहित)



काठमाडौं, ११ साउन । नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका नेता सुरेन्द्र चौधरीले रेशम चौधरी र उनकी श्रीमती रञ्जिता श्रेष्ठको कारण नागरिक उन्मुक्ति विभाजनउन्मुख रहेको टिप्पणी गरेका छन् । उनले ०८४ को आम निर्वाचन आउने बेलासम्म नाउपा विघटन भैसक्ने सनसनीपूर्ण दाबी गरे ।

प्राइम टिभीबाट आज (बिहीबार) प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नागरिक उन्मुक्ति पार्टीले दुई सय जनालाई २५ हजार लेबी लिएर केन्द्रीय बनाउने भनेर डकुमेन्ट लिएको भएपनि निर्वाचन आयोगमा भने २१ जनाबाहेक कसैको पनि नाम अद्यावधिक नगरेको खुलासा गरे ।

उनले अहिले सांसदहरु नै रेशम र रञ्जिताको अधिनमा नरहेको जिकिर गरे । उनले आफूले पार्टीबारे देखिएको विकृति र विसंगतिबारे आलोचना गर्दा साईबर व्यूरोमा उजुरी हालिएको र आज छलफलको लागि बोलाईएको पनि सुनाए । सो छलफलमा मन्त्रीसमेत रहेकी अध्यक्ष रञ्जिता पनि आएको र एकदमै तल्लोस्तरमा प्रस्तुत भएको उनको गुनासो छ । उनले मन्त्री श्रेष्ठको प्रस्तुतिलाई लिएर आफूलाई दुःख लागेको सुनाईन् ।



प्रतिक्रिया दिनुहोस्