Logo

निर्मल पुर्जाको किर्तिमानी तोड्दै क्रिस्टिन र तेन्जेन माउन्ट केटुको चुचुरोमा



काठमाडौं, साउन १२ । नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन शेर्पा (लामा) ले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटा हिमालको आरोहण पूरा गरेका छन् ।

बिहीबार बिहान १०ः४५ बजे पाकिस्तानको केटु हिमाल ब्रोडपिकको आरोहण गरेका हरिला र शेर्पाले तीन महिनाको अवधिमा १४ वटा हिमाल आरोहण पूरा गरेका हुन् । सेभेन समिट ट्रेक्समार्फत आरोहणमा गएका उनीहरूले यसअघि आरोही निर्मल पुर्जाले छ महिना छ दिनमा १४ हिमाल आरोहण गरेको कीर्तिमानलाई पछि पारेका छन् ।

पुर्जाले सन् २०१९ मा १४ वटा हिमाल आरोहणको कीर्तिमानी बनाएका थिए । सेभेन समिट ट्रेक्सका प्रबन्ध निर्देशक मिङ्मा शेपाका अनुसार एक महिनापहिले पाकिस्तानका हिमाल आरोहणका लागि गएका २० मध्ये दुई जनाले किर्तिमानी राखेका छन् ।

हरिलाले यसअघि विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल एक वर्ष पाँच दिनमा आरोहण गरी सबैभन्दा छिटो आरोहण गर्ने महिला आरोहीको कीर्तिमानी बनाएको उनको दाबी छ ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, धौलागिरि, अन्नपूर्ण, मनास्लु, चोयु, सिसपाङ्मा, नङ्गा पर्वत, गासरब्रम–२, गासरब्रम–१, ब्रोडपिक र केटु हिमालको आरोहण पूरा गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्