काठमाडौं, १३ साउन । गौर हत्याकाण्डका दोषीलाई कारबाही र पीडितलाई न्याय देउ भन्दै संघर्ष समितिले रौतहटको चन्द्रनिगाहपुरको प्रतिक्षालयमा धर्ना सुरु गरेको छ ।
उनीहरुले ‘विभत्स गौर हत्याकाण्डका पीडितलाई न्याय देउ, हत्यारा अपराधीहरुलाई कानूनी कारबाही गर’ भन्ने नारा लेखिएको ब्यानरसहित धर्ना सुरु गरेका हुन् ।
उक्त घट्नाका पीडित परिवारका सदस्यहरुले आफूहरुले लामो समयदेखि न्यायको लागि अपिल गरेको भएपनि राज्यले अहिलेसम्म न्याय नदिएको गुनासा पोखेका छन् ।