काठमाडौं, साउन १५ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएपछि बैठक आज बस्न लागेको हो ।
अहिले बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मा बस्ने बैठकमा बुधबारदेखि सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी रहेको छ ।
पार्टीका विधान अधिवेशनलगायतका विषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रीय समिति बैठक बोलाएको छ ।