Logo

आज पुनः प्रचण्डलाई भेट्न ओली बालुवाटरमा



काठमाडौं, साउन १५ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन् । संवैधानिक परिषद् बैठक बोलाउने तयारी भइरहेका बेला ओली बालुवाटार पुगेका हुन् ।

हिजो आइतबार पनि ओलीले प्रचण्डसँग वान टू वान वार्ता गरेर परिषद् बैठक डाँकेर प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियाबारे छलफल गरेका थिए । हिजो बैठकमा आज बस्ने प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नेबारे समेत छलफल भएको थियो ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको झण्डै सय किलो सुन काण्डको विषयलाई लिएर गत विहिबार प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चिएपछि प्रतिनिधिसभाको बैठक साउन १५ गते बस्नेगरी स्थगित भएको थियो ।

विहिबार बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउन माग गर्दै अधिकांश सांसदहरूले बैठक अवरोध गरेपछि बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्