काठमाडौं १५ साउन । शहरी विकासमन्त्री सीता गुरुङले सरकारले अनियमितता गर्ने सबै दोषीलाई सरकारले कारबाहीको दायरामा ल्याईरहेको दाबी गरेकी छन् ।सोमबार संसद भवन नयाँ बानेश्नरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस नेत्रीसमेत रहेकी गुरुङले सुन तस्करी प्रकरणमा संलग्नहरु पक्राउ परेको भन्दै सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही हुने प्रष्ट पारिन् ।
उनले भनिन् ‘सरकारले काम नगरेको भए त पक्राउ नै पर्ने थिएनन् नि। दोषीहरूलाई कारबाही हुन्छ। अनुसन्धान तिब्र गतिमा अघि बढ्छ। जो दोषी हुन्छ, अनुसन्धानको लागि लगिहाल्छ,’।