Logo

आजको विदेशी विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?



काठमाडौं, साउन १६ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आजको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद १४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । आज क्यानेडियन डलर एकको खरिदमा आज ९९ रुपैयाँ ३१ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७७ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा भने ८८ रुपैयाँ ०८ पैसा र बिक्रीमा ८८ रुपैयाँ ४९ पैसा पाइन्छ। पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ६६ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिद ३६ रुपैयाँ ०२ पैसा र बिक्री ३६ रुपैयाँ १९ पैसा रहेको छ भने साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ र बिक्रीदर ३५ रुपैयाँ १६ पैसा तोकेको छ।



प्रतिक्रिया दिनुहोस्