Logo

कांग्रेसले ७७ वटै जिल्लामा तोक्यो केन्द्रीय प्रतिनिधि (नामावलीसहित)



काठमाडौं, १७ साउन। नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ। केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ।

केन्द्रीय सदस्य तर सांसद पनि भएकालाई भने जिम्मेवारी दिइएको छैन। प्रतिनिधिहरु पहिलो चरणमा २०देखि ३०साउनसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन्। दोस्रो चरण भदौ १०देखि २४ गतेसम्म तोकिएको छ ।

कांग्रेसले पाँच जना केन्द्रीय सदस्यबाहेकलाई पनि जिल्लामा खटाएको छ भने प्रतिनिधि र प्रदेशसभाका सांसद बाहेकका केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकिएको छ ।

पार्टीले अभियान अवधिमा केन्द्रीय सदस्यले गर्ने कामको कार्यादेश (टिओआर) पनि दिएको छ । साउन १० मा सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार पहिलो चरणको अभियानमा आन्तरिक कार्यमा केन्द्रीय सदस्यले जिम्मेवारी निर्वाह गर्नेछन् ।

कोशी प्रदेशको ताप्लेजुङ–१ मा सुजनता परियार, पाँचथर–१ लक्ष्मी परियार, इलाम–२ डा।डिला सङ्ग्रौला, मधेस प्रदेशको सप्तरी–४ मा आनन्दप्रसाद ढुङ्गाना र सिरहा–४ मा राजीव ढुङ्गानालगायत छन् ।

७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावली

 



प्रतिक्रिया दिनुहोस्