Logo

क्यानडामा विपुल क्षेत्रीको पहिलो पटक भव्य लाईभ कन्सर्ट हुदै



टोरोन्टो, १९ साउन । आरसीएनसीले प्रसिद्ध गायक तथा संगितकार विपुल क्षेत्री र उनी नेतृत्वको प्रतिभाशाली ब्याण्डको उपस्थितिमा क्यानडामा पहिलोपटक मेड इन नेपाल फेयर आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी हुनको लागि आयोजक संस्था आरसीएनसीले आह्वान गरेको छ। कार्यक्रम भने आगामी सेप्टेम्बर ८ तारिख साँझ ८ बजे हुनेछ ।

विपुली क्षेत्री र उनको ब्याण्डको क्यानडामा यो पहिलो सांगितिक प्रस्तुति हुनेछ । उक्त कार्यक्रम सांगितिक प्रस्तुति मात्रै नभएर पवित्र उद्देश्य राखेर आयोजना गरिएको विशेष कार्यक्रम पनि हो । आयोजककाअनुसार अटिजम भएका बालबालिका र आर्थिक कठिनाईहरुको सामना गर्ने उनीहरुको परिवारलाई राहतस्वरुप आर्थिक सहयोग गर्नको लागि पनि यो कार्यक्रम महत्वपूर्ण र कोशेढुंगा सावित हुनेछ ।

htt://tdmusichall.mhrth.com/tickets/made-in-nepal-fair-canada/?fbclid=IwAR23zVCNdfcabxVnzhj1iJJrjTjo0Re_O-Q1CDHKiemM1IWudonILjH7XL8_aem_Ab_eJz7A6_gmuh_WqWGzDD3d8mB46rBQQ5rA3gDP3l2v0_DvWu3Sms2Kq8b5yBTnGJg&mibextid=Zxz2cZ

आयोजकले उक्त कार्यक्रमबाट प्राप्त हुने सबै रकम ती अटिजम भएका बालबालिका र उनीहरुका परिवारका सदस्यहरुलाई प्रदान गरिनुको साथै ती बालबालिकाहरुको लागि आवश्यक सेन्सरी खेलौना र सिकाई सामाग्रीहरु पनि उपलब्ध गराउने विश्वास दिलाएको छ ।

पवित्र उद्देश्य राखेर आयोजना गरिने उक्त कार्यक्रममा सहभागी भएर ती बालबालिका र उनीहरुको परिवारको लागि आर्थिक सहयोगको लागि उदारता देखाउन पनि आयोजको अपिल छ । आयोजकले आजैदेखि उक्त सांगितिक कार्यक्रममा सहभागी हुनको लागि आफ्नो क्यालेन्डरमा कार्यक्रमको मिति सुरक्षित राख्न पनि भनेको छ ।

विपुल क्षेत्री नेपाली सांगितिक क्षेत्रका चम्किलो नक्षत्र हुन । उनी युवा पुस्ताको ढुकढुकीको रुपमा प्रख्याँत छन् । उनका देश तथा विदेशमा लाखौं फ्यान फलोअर्स छन् । जसले उनका हरेक सांगितिक गतिविधिलाई नजिकबाट नियाँलिरहेका छन् । उनका दर्जनौं हिट गीत छन् । उनको स्केचेज अफ दार्जिलिङ हिट गीत हो ।

Here are some popular songs by Bipul Chhetri:

 



प्रतिक्रिया दिनुहोस्