Logo

रेशमलाई प्रचण्डको प्रस्ताव, ‘रञ्जितालाई विश्राम दिनुस्, तपाईँ छ महिने मन्त्री बन्नुस्’



काठमाडौं, २० साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई विश्राम दिनुस्, तपाई छ महिने मन्त्री बनिदिनुस् भनेर प्रस्ताव गरेको खुलासा गरेका हुन् ।

‘म रिहाई भएको दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नु भएको थियो, ‘रेशमजी एउटा अध्याय समाप्त भयो । रञ्जिताजीलाई विश्राम दिएर तपाई छ महिने मन्त्री बन्दिनुस् ।’ मैले रञ्जिताको दुःख देखेँ,’– उनले भने ।

प्रचण्डले मन्त्रीका लागि प्रस्ताव राख्दै गर्दा आफूले रञ्जिताले खाएर, नखाएर गाउँ–गाउँ बस्ती बस्तीमा गएर भोकभोकै भोट मागेको पीडा सम्झिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई ‘यसको असली हकदार रञ्जिताजी नै हुनुहुन्छ’ भनेर जवाफ दिएको पनि उनले बताए । File Photo/RN 

यो पनि पढ्नुहोस्ः

मन्त्री चौधरी थपनामात्रै, भूमि व्यवस्था मन्त्रालय रेशम चौधरीले चलाउन थाले



प्रतिक्रिया दिनुहोस्