काठमाडौं, २० साउन । नेकपा (एमाले) का नेता राजन भट्टराईले सुन तस्करी प्रकरणमा आफूले प्रधानमन्त्रीको बुहारीको संलग्नता रहेको भनेर विना मगरलाई नभनेको स्पष्ट पारेका छन् ।
हिजो नेपाली रेडियो नेटवर्कबाट प्रसारित कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको बुहारीको पनि संलग्नता रहेको कुरा आएको टिप्पणी गरेका थिए ।
तर, प्रधानमन्त्री प्रचण्डको बुहारी भनेर विना मगरलाई भनिएको हो कि भनेर आलोचना भएपछि विनाले चासो राखेकी थिईन् । भट्टराईले आफूले प्रधानमन्त्रीको बुहारीको नाम पनि आएको भनेको तर विना मगर भनेर नभनेको स्पष्ट पारेका छन् ।
सुन तस्करीमा प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीले प्रमाण लुकाउने काम गरेको राजन भट्टराईको आरोप