काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकाको चो गाउँमा पहिरोले घर पुर्दा बाबु–छोरीको मृत्यु भएको छ। शनिबार राति करिब ९ बजे घरमाथिबाट खसेको पहिरोमा पुरिदा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो।
बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । गणेशकी श्रीमती घाइते भएकी छन्। खुट्टामा गम्भीर चोट लागेको उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। छोरा भने सकुशल रहेका छन् ।