काठमाडौं,२२ साउन । सभामुख देवराज घिमिरे र तीन दलका शीर्ष नेताबीच छलफल बिना निष्कर्ष टुंगिएको छ ।
सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा नेताहरुबीच सहमति नजुटेपछि छलफल निष्कर्षविहीन बनेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
आजको छलफलमा प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए ।
बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शीर्ष नेताहरूबीच छलफल सकारात्मक रहेको बताए।
‘आजै अपराह्न साढे ३ बजे नयाँ बानेश्वरमा फेरि शीर्ष नेताहरूबीच बैठक गर्ने गरी अहिले उठेका छौं,’ लेखकले भने, ‘प्रतिनिधि सभा बैठक सञ्चालन गर्नेबारे नै कुराकानी भयो। सूचना टाँसेर आजै अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गर्ने कुरा पनि भएको छ।’
दलहरु सहमतिमा नपुगेका कारण सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो ४ बजेका लागि सारिएको छ ।