Logo

काठमाडौंमा भारी वर्षा, नदी किनारका क्षेत्र डुवानमा



काठमाडौं, साउन २३ । गएरातिदेखि परेको भारी वर्षाका कारण काठमाडौंका विभिन्न स्थान डुबानमा परेका छन् । अहिले नदीहरुमा बाढी आएको छ ।

बाग्मती तथा विष्णुमती जलाधार क्षेत्रमा रातिदेखि भारी वर्षा भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै विष्णुमती र बल्खु खोला, मनोहरालगायतमा जल सतह खतराको तहमा पुगेको भन्दै सूचना केन्द्रले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

भारी वर्षाका कारण गौरिघाट, गुहेश्वरी, शान्तिनगर, कपन, सामाखुसी, अनामनगरलगायतका क्षेत्र डुबानमा परेका छन् । नदि नजिक रहेका बस्तीमा अहिले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस्