Logo

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै



काठमाडौं, साउन २४ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । अहिले बिहान ११ः ३० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोालाएको हो । आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्नुअघि बैठक बस्न लागेको हो ।

संसद्को अवरोध हटाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति नजुटेपछि सभामुखले कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । बैठकमा सबै राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी हुनेछन् ।



प्रतिक्रिया दिनुहोस्