वासिङ्टन, साउन २६ । अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका नेपाली काष्ठकलाका सामग्री नेपाल फिर्ता पठाइएको छ। अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले जफत गरी नेपाली काष्ठकलाका ४० सामग्री नेपाल पठाइएको हो।
वासिङ्टन डिसीस्थित नेपाली नियोगका अनुसार अवैधरूपमा सन् २०१० मा अमेरिकाको हवाई राज्यमा ल्याई पुर्याएका ती सामग्री भन्सार तथा बोडर प्रोक्टेक्सन ९सीबीपी०ले बरामद गरेको हो। ती सामग्री गत मे महिनाको ११ तारिखमा वासिङ्टन डीसीस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरिएको थियो।
दूतावासले ऐतिहासिक महत्त्वका ती सामग्री नेपाल पठाउन पहल गरेकामा अमेरिकी सरकारी निकायप्रति आभार प्रकट गरेको छ। सन् २०२२ को अप्रिलदेखि अहिलेसम्म नेपालबाट अवैधानिक माध्यमबाट अमेरिका ल्याइएका ४७ सामग्री नेपाल फिर्ता पठाइसकिएको छ।
कतार एयरवेजको कार्गोको सहयोगमा नेपाल पुर्याउन लागिएका ती सामग्री शनिबार काठमाडौं पुग्ने दूतावासले जनाएको छ । रासस