Logo

वनमन्त्री डा. महतो र इण्डोनेसियाका गैरआवासीय राजदूत सुबोलोबीच शिष्टाचार भेटवार्ता



काठमाडौं, २६ साउन । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो र नेपालका लागि इण्डोनेसियाका गैरआवासीय राजदूत हेरु हार्तान्तो सुबोलो (Heru Hartanto Subolo) बीच शिष्टाचार भेटघाट भएको छ । वन मन्त्रालयमा आज (शुक्रबार) भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनाइएको छ ।

सो अवसरमा वनमन्त्री डा. महतोले नेपाल र इण्डोनेसियाबीच रहिआएको सम्बन्ध थप सुमधुर एवम् प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए । र, आजको भेटघाटले त्यसको लागि थप मद्दत पुर्याउने विश्वास लिएको महतोको भनाई थियो । भेटवार्तामा इण्डोनेसियाका अवैतानिक दूतसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको पनि उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्