Logo

प्रधानमन्त्री प्रचण्ड दुई दिनसम्म चितवनमै रहने



काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृह जिल्ला चितवन पुगेका छन्। प्रधानमन्त्री शुक्रबार साँझ चितवन पुगेका हुन्।

प्रधानमन्त्री दाहालकी छोरी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार प्रचण्ड दुई दिनसम्म चितवनमा रहने छन्। प्रधानमन्त्री दाहालले शुक्रबार साँझ पारिवारिक भेटघाटमा व्यस्त रहे।

प्रधानमन्त्री दाहाल आजपनि भरतपुर महानगरपालिका–१४ भीमसेननगरस्थित आफ्नै निवासमा बस्नेछन्। श्रीमती सीताको निधनपछि प्रधानमन्त्री दाहाल पहिलोपटक चितवन पुगेका हुन्।



प्रतिक्रिया दिनुहोस्