Logo

काठमाडौंमा राजनीतिक तरंग उत्पन्न भइरहँदा अचानक चितवन किन पुगे प्रचण्ड ?



काठमाडौं,२७ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चितवन पुगेका छन् । प्रचण्ड शुक्रबार साँझ कुनै औपचारिक कार्यक्रमबिना नै गृहजिल्ला चितवन पुगेका हुन् ।

उनी आजपनि भरतपुर महानगरपालिका १४ भिमसेननगरस्थित आफ्नै नीजि निवासमा बस्ने बताइएको छ । कुनै औपचारिक कार्यक्रम तय नगरि र सचिवालयका कोहीपनि सदस्य नलिई प्रचण्ड चितवन गएका हुन् ।

प्रचण्ड पछिल्लो समय पत्नी वियोगमा रहेका छन् । प्रचण्डकी धर्मपत्नी सीता दाहालको गत असार २७ गते निधन भएको थियो । माओवादी केन्द्र निकट उच्च स्रोतका अनुसार प्रचण्ड सीताको निधन भएको एक महिनामा गर्नुपर्ने शुद्धीकरण कार्य गर्न चितवन पुगेका हुन् ।

प्रचण्ड अचानक चितवन जाँदा यता केन्द्रको राजनीतिमा भने निक्कै हलचल मच्चिएको अवस्था छ । प्रचण्ड नेतृत्वको सरकारमा सामेल भएका तीन दल नेपाली कांग्रेस,नेकपा एस र जसपा नेपाल प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग असन्तुष्ट रहेका छन् । गत साउन ३ गते सिनामंगलबाट बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गरिरहेको छ । भने उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मा नक्कली शैक्षिक प्रमाणपत्र किर्तेको आरोपमा सीआईबीको फन्दामा परेका छन् । यद्दपी शर्मा शुक्रबार नै थुनामुक्त भइसकेका छन् ।

सुन तस्करी प्रकरणमा माओवादी केन्द्रका नेताहरु वर्षमान पुन र कृष्णबहादुर महरादेखि पूर्व सभामुख ओनसरी घर्तीसम्मको नाम जोडिएको छ । तर उनीहरुमाथि कुनैपनि छानबिन भएको छैन । बरु उल्टै १७ वर्षअघि रौतहटमा भएको नरसंहारकारी गौर हत्याकाण्डको छानबिन गर्नेगरि सरकार अगाडि बढेपछि जसपा शसंकित बनेको छ । उता ललिता निवासको सरकारी जग्गा अपचलन गराउने कार्यमा संलग्न भएको आरोप लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालमाथि छानविन गर्नेगरि गृहमन्त्री श्रेष्ठ अगाडि बढेको विश्वस्त स्रोतले बताएको छ । आफ्नालाई जोगाउने र अरुलाई खोजीखाजी फसाउनेगरि प्रचण्ड सरकार अगाडि बढेपछि जसपा र नेकपा एस आक्रमक बनेका छन् । जसपाले त कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर प्रचण्ड नेतृत्वको वर्तमान सरकार यस्तैढंगले अगाडि बढे सरकार ढाल्ने चेतावनीसमेत दिएको स्रोतले बताएको छ ।

नेकपा एस र जसपासँगै कांग्रेसपनि पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारसँग असन्तुष्ट रहेको छ । ललिता निवासस प्रकरणमा नेता विजयकुमार गच्छद्धारविरुद्ध पक्राउ पूर्जी जारी भइको छ भने नक्कली भुटानी शरणार्थी पक्ररणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण थुनामका रहेका छन्, भने किर्ते मुद्दा लगाएर सासद सुनिल शर्मालाई फसाउन खोजेपछि झनै कांग्रेस बिच्किएको बताईन्छ । उच्च स्रोतका अनुसार पछिल्लो समय कांग्रेसभित्र प्रचण्ड सरकार छाड्नुपर्ने र एमालेसँग मिलेर सरकार बनाउनुपर्ने आवाज उठ्न थालेका छ । कांग्रेस निकट स्रोतका अनुसार सभापति देउवापनि प्रचण्ड भन्दा ओलीनै नरम भन्ने स्थितीमा पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड भने यस्तो विषम परिस्थीतिका बाबजुद चितवन पुगेका छन् ।  file photo 



प्रतिक्रिया दिनुहोस्