Logo

सरकारलाई केपी ओलीको प्रश्न: हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो?



काठमाडौं,२७ साउन । नेकपा एमालेका अधयक्ष केपी शर्मा ओलीले सुन तस्करीमा संलग्न भएको आरोप लगाउँदै दुईमन्त्रीको राजीनामा माग गर्ने नेपाली कांग्रेसका सांसद सुनिल शर्माको गिरफ्तारी सामान्य घटना नभएको बताएका छन् ।

शनिबार गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप देखिएको बताए ।ओलीले हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

ओलीले भने ‘सुनिल शर्माले के गरेका थिए ? सुन तस्करीको उच्चस्तरीय छानबिन होस, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्छ भन्दा हतकडी लिएर उनको घरमा पठाइयो । यो के हो भने, हाम्रो विरोधमा कोही बोल्छ भने सुनिल शर्मा बनाउँछौ भनेको हो’? ।



प्रतिक्रिया दिनुहोस्