Logo

पत्रकार उपचार कोषमा चम्लागाईद्वारा  दुई लाख सहयोग



झापा, २८ साउन । नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा कतारमा रहेका महेन्द्रप्रसाद चम्लागाईले  दुई लाख सहयोग गरेका छन् । कतारमा स्थापित नेपाली व्यवसायी चम्लागाईले आज महासङ्घको बैंक खातामा कतारबाटै सहयोगस्वरुप उक्त रकम जम्मा गरेको झापा महासङ्घका  अध्यक्ष एकराज गिरीले बताए ।

गिरीका अनुसार नेपाली व्यवसायी सङ्घ कतारका अध्यक्ष चौम्लागाईले पत्रकारको सामाजिक सुरक्षा र दिगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । बाह्रदशी गाउँपालिका–७ का स्थायी बासिन्दा चौम्लागाई अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष हुन्। उनी २७ वर्षदेखि सपरिवार कतारमै बस्दै आएका छन् ।

महासङ्घ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड पु¥याउने लक्ष्य राखिएको छ । कोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हाल करिब ७५ लाख जम्मा भइसकेको अध्यक्ष गिरीले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्