Logo

बाबुरामसँग एकताको लागि माओवादी केन्द्रले चासो देखाएन



काठमाडौं, २९ साउन । नेकपा (माओवादी केन्द्र) का नेताहरुले डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताको लागि तयारी भैरहेको बताएका छन् । तर, एकताको लागि दुई दलका शीर्ष नेताहरुबीच पछिल्लो समय कुनै छलफल नै भएको छैन् ।

माओवादी केन्द्रको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकमा बाबुरामले पार्टी एकताको लागि प्रस्ताव पठाएका थिए । तर, उक्त प्रस्तावमा बैठकमा छलफल भएको विषय बाहिर महत्वका साथ आएन । अहिले बाबुराम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग रुष्ट रहेको चर्चा छ ।

उनीहरुबीचको सम्बन्धमा दरार पैदा भएको स्रोतको दाबी छ । तर, नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठले भने प्रचण्डसँगको भेटवार्तामा पार्टी एकताको लागि आफूहरु तयार रहेको कुरा आश्वस्त पारेका छन्। यो बीचमा प्रचण्डले नेकपाका महासचिव नेत्रविक्रम चन्दसँग पार्टी एकताको लागि महत्वका साथ छलफल तथा भेटवार्ता जारी राखेका छन् । तर, बाबुरामसँग भने उनले छलफल नै गरेका छैनन् । file photo



प्रतिक्रिया दिनुहोस्