Logo

आज भारतको ७७औँ स्वतन्त्रता दिवस : प्रधानमन्त्री मोदीले लालकिल्लाबाट सम्बोधन गर्दै



काठमाडौं, साउन ३० । आज भारत स्वतन्त्र भएको ७७ वर्ष पुगेको छ । सन् १९४७ अगस्ट १५ मा भारत बेलायतबाट स्वतन्त्र भएको थियो । भारतमा शासन गरिरहेको बेलायती सरकार आजकै दिन भारत छोडेर भागेको थियो। त्यसपछि भारत बेलायती साम्राज्यबाट मुक्त भएको थियो।

त्यही दिनको सम्झनामा स्वतन्त्रता र मुक्तिको स्मरण गर्दै आज भारतीय नागरिकले स्वतन्त्रता दिवस मनाउने गरेका हुन्। आफ्नो ७७ औं स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

स्वतन्त्रता दिवसको अवसरमा लालकिल्लाबाट हुने सम्बोधन यसपालि मोदीको १०औं हो । पछिल्ला १० वटा स्वतन्त्रता दिवसमा उनी नै प्रधानमन्त्री छन् । यसैबीच भारतको यस स्वतन्त्रता दिवसका अवसरमा नयाँ दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।

नयाँ दिल्लीका बस पार्कहरु, रेलमार्ग र स्टेसनहरु तथा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च सुरक्षा सतर्कतामा राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन।

नयाँ दिल्ली गेट वरिपरि लालकिल्लालगायतका क्षेत्रमा पनि सुरक्षाको कडा प्रबन्ध गरिएको छ । काठमाडौंस्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरी भारतको ७७औं स्वतन्त्रता दिवस मनाउँदैछ ।



प्रतिक्रिया दिनुहोस्