Logo

मछिन्द्र क्लब आज भारतको मोहन बगानसँग भिड्दै



काठमाडौं, साउन ३१ । एएफसी कप छनोटअन्तर्गत आज मछिन्द्र क्लबले इन्डियन सुपर लिग क्लब (आईएसएल) मोहन बगान सुपर जायन्टस्‌सँग खेल्दैछ। एएफसी छनोटअन्तर्गत यसअघि भुटानको पारो एफसीलाई हराएको मछिन्द्रले आज मोहन बगानसँग खेल्न लागेको हो।

खेल नेपाली समयानुसार राति ७ः १५ बजे कोलकताको साल्टलेक रंगशालामा सुरु हुनेछ। आजको विजेता टोलीले बंगलादेशको ढाका अवामी वा माल्दिभ्सको क्लब इगलमध्ये एक टिमसँग प्लेअफ खेल्ने छ। प्लेअफ विजेता साउथ एसियन जोनबाट एएफसी कपमा छनोट हुने छ।



प्रतिक्रिया दिनुहोस्