Logo

देउवाले ओलीसँग वार्ता गर्ने



काठमाडौं, ३१ साउन । सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सदनको अवरोध खुलाउनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्ने भएका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरिराखेको छ।

तर, सत्ता पक्षले भने अनुसन्धान गर्ने निकायले स्वतन्त्र ढंगले अनुसन्धान जारी राखेको भन्दै अहिले अर्को समिति बनाएर विषयवस्तुलाई अन्यत्र मोडेजस्तो हुने भन्दै न्यायिक छानबिन समिति नबनाउने अडान लिएको छ ।

सत्ता गठबन्धनको हिजो र आज बसेका लगातार दुई दिनका बैठकमा पनि सदनको अवरोध हटाउन एमाले तयार हुनुपर्नेबारे छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्