काठमाडौं, साउन ३२ । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ। विभिन्न कारण देखाएर निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आज पहिलो नम्बरमा राखिएको छ।
बलात्कार आरोप लागेका लामिछाने पछिल्लो पटक विश्वकप छनोटका लागि जिम्बावे प्रस्थान गरेयता मुद्दाले निरन्तरता पाउन सकेको थिएन। गत भदौदेखि उक्त मुद्दा खेपिरहेका लामिछाने अर्को हप्ता एसिया कप खेल्न श्रीलंका जाने तयारीमा छन् ।
गौसला २६ नाम गरेकी एक किशोरीले जबरजस्ती करणीको मुद्दा दर्ता गरेपनि निक्कै नै कष्टपूर्ण जीवन झेलिरहेका लामिछानेले यसबीचमा धेरैवटा अवसर गुमाइसकेका छन् । उनी हालैपनि क्यानडा प्रिमियर लिग खेलेर फर्किएका हुन् ।