Logo

वनमन्त्री डा. महतोद्धारा फरेष्ट टेक्निसियन्स एशोसिएशन अफ नेपालको १०औं राष्ट्रिय सम्मेलनको उद्घाटन



काठमाडौं, १ भदौ । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतोले फरेष्ट टेक्निसियन्स एशोसिएशन अफ नेपालका दशौं राष्ट्रिय सम्मेलन २०८० उद्घाटन गरेका छन् ।

काठमाडौंको कार्की बैंक्वेटमा आजबाट सुरु भएको सम्मेलनको मन्त्री महतोले उद्घाटन गरेका हुन् । सो अवसरमा मन्त्री महतोले वनजङ्गलसम्बन्धी प्राविधिक अध्ययनका लागि फरेष्ट टेक्निसियन्स एशोसिएशन अफ नेपालले सकारात्मक भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए ।

मन्त्री महतोले जंगल मानव जीवनको लागि बहुउपयोगी भएको भन्दै यसको संरक्षणमा सबै तह र तप्काबाट जिम्मेवारपूर्वक भूमिका निर्वाह हुनुपर्नेमा जोड दिए ।

फरेस्ट टेक्निसियन एसोसियसन अफ नेपाल (नेफ्टा) को १०औं राष्ट्रिय अधिबेशनबाट अध्यक्षमा गोविन्दराज पाण्डेको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय कार्यसमिती निर्वाचित भएको छ।



प्रतिक्रिया दिनुहोस्