Logo

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर



काठमाडौं, भदौ २। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा रहेको छ । युरो एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कुवेती दिनार एकको खरिद दर ४३० रुपैया ८१ पैसा र बिक्री दर ४३२ रुपैयाँ ७६ पैसा रहेको छ । आज बहरायनी दिनार एकको खरिद दर ३५१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३५३ रुपैयाँ ५४ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्