Logo

ओलीलाई फकाइ छाडे प्रचण्डले



काठमाडौं, ४ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ सर्वदलीय बैठक राखेका छन् । हिजो (आइतबार) राखेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष आएनन् । उनी बिसञ्चो भएर बैठकमा नआएको बताईएको छ ।

तर, आज भने प्रधानमन्त्री दाहालले ओलीलाई फोन गरेर सञ्चो तथा बिसञ्चो सोधेका थिए । प्रधानमन्त्रीको सचिवालयले आजको सर्वदलीय बैठकमा एमाले अध्यक्ष ओली आउने जानकारी दिएको छ ।

ओलीलाई प्रधानमन्त्री प्रचण्डले फोन गरेर सुरुमा स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । जवाफमा ओलीले हिजोभन्दा आज स्वास्थ्य राम्रो भएको जानकारी दिएका थिए । त्यसपछि प्रधानमन्त्री दाहालले आजको बैठकमा आउने/नआउनेबारे सोधेको र जवाफमा ओलीले आउने भनेका छन् ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले सदनको अवरोध हटाउनको लागि आँफै पहल गरेका छन् ।

सरकारले भने एमाले भनेबमोजिम उच्चस्तरीय न्यायिक समिति नबनाउने अडान लिएको छ । सिआईबीले अनुसन्धान गरिराखेकोले अहिले नै अर्को छानबिन समिति बनाउँदा अनुसन्धान प्रभावित हुनसक्ने सरकारको बुझाई छ । file photo



प्रतिक्रिया दिनुहोस्